६ जेष्ठ २०८१, आइतबार

पाकिस्तानका प्रधानमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव खारेज, संसद भंग गर्न सिफारिस

प्रकाशित मिति :  3 April, 2022 1:34 pm



काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव खारेज भएको छ ।

पाकिस्तानको संसदमा दर्ता भएको खान विरुद्धको अविश्वासको प्रस्ताव भएको हो । उपसभामुख कासिम खान सुरीले विदेशी षडयन्त्रको आरोप लगाउँदै प्रस्ताव खारेज गरेको घोषणा गरेका हुन् ।

प्रस्ताव खारेजसँगै संसदमा अविश्वासको प्रस्तावमाथि छलफल हुन पाएन । प्रस्ताव खारेजसँगै प्रधानमन्त्री खानले संसद भंगको सिफारिस गरेका छन् ।

प्रधानमन्त्री खानले देशवासीको नाममा सम्बोधन गर्दै संसद भंग गर्न राष्ट्रपतिलाई सिफारिस गरेको जानकारी दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !