९ पुस २०८२, बुधबार

लुम्बिनी ट्रक यातायात व्यावसायी संघमा पुुन : खरेल

प्रकाशित मिति :  3 April, 2022 3:44 pm


भैरहवा । लुम्विनी ट्रक यातायात व्यवसायी संघ सिद्धार्थनगर भैरहवाको अध्यक्षमा पुनः बिष्णुु प्रसाद खरेल सर्वसम्वत चयन भएका छन् ।

संघको १० औं साधारण सभा तथा पाँचौ अधिवेशनबाट संस्थापक खरेल पाचौँ कार्यकालकोलागी सर्वसम्वत अध्यक्ष भएका हुुन् ।
निर्वाचित अध्यक्ष खरेलले निर्वाचनसँगै आफूमाथि थप जिम्मेवारी आएको भन्दै सवै ब्यबसायी सघं सहकार्य गरेर व्यावसायीको हकहितमा लाग्ने बताए ।

उनले नयाँ तथा पुुराना साथीहरुलाई मिलाएर लैजाने र समन्वयमा काम गर्ने प्रतिबद्धता समेत जनाए । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा मधुुसुुदन आचार्य, प्रथम उपाध्यक्षमा सुनिलराज विष्ट, उपाध्यक्षमा बिष्णुुप्रसाद सुवेदी र महासचिवमा रुमाखर गौतम सर्वसम्वत भएका छन् ।

महासचिव गौतम पनि पाचौं कार्यकालकोलागि सर्वसम्वत भएका हुुन् । त्यस्तै सचिवमा बाल किसुुन गुुप्ता बानीयन र सचिवमा सन्तराम पाण्डे निर्वाचित भएका छन् । सचिवका प्रत्यासी लिलाप्रसाद श्रेष्ठलाई पछि पार्दै बानियाँ र कोषाध्यक्षका प्रत्यासी बसन्त भट्टराई पछि पार्दै पाण्डे निर्वाचित भएका हुुन् ।

त्यस्तै सदस्यहरूमा रबिन खरेल, झवीन्द्र कुुमार चोखला, जगदिशप्रसाद चौधरी, कमलेस गौतम र बैजनाथ यादव निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत जगतबहादुर रायमाझीले जानकारी दिए । निर्वाचित कार्यसमितिले आजै पदभार ग्रहण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !