२८ मंसिर २०८२, आइतबार

सार्वजनिक यातायातको भाडा बढेपछि रोल्पा- काठमाडौंको कति पुग्यो ?

प्रकाशित मिति :  3 April, 2022 5:02 pm


काठमाडौं । सरकारले १५ प्रतिशतसम्म सार्वजनिक यातायातको भाडा बढाएको छ ।

भाडा बढेसँगै काठमाडौंदेखि रोल्पासम्म पुग्ने बस भाडा झण्डै १५ सय रुपैयाँ पुगेका छ । सरकारले सार्वजनिक गरेको भाडा सूची अनुसार काठमाडौं देखि रोल्पा लिवाङ्गसम्मको भाडा १,३५२ बाट बढेर १,४८७ पुगेको हो ।

काठमाडौंदेखि लिवाङ्गसम्मको दुरी ४८०.४ किलोमिटर रहेको छ । पेट्रोलियम पदार्थको भाउ बढेसँगै सार्वजनिक सवारी साधनको पनि भाडा बढेको हो ।

विभागका अनुसार यात्रुवाहक सवारीमा १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १३ प्रतिशत र तराईंको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १५ प्रतिशतसम्म भाडा वृद्धि गरी समायोजन गरिएको विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !