सार्वजनिक यातायातको भाडा बढेसँगै काठमाडौं देखि स्याङ्जाको भाडा ७ सय नाघ्यो
प्रकाशित मिति : 3 April, 2022 5:57 pm
काठमाडौं । सरकारले सार्वजनिक यतायातको भाडा १५ प्रतिशतले बढाएको छ ।
भाडा बढेसँगैँ काठमाडौँबाट स्याङ्जा जाने भाडादर ७ सय पुगेको छ । सरकारले चैत्र २० गतेदेखि लागू हनेगरि गरेको भाडा सूचिअनुसार काठमाडौँ देखि स्याङ्जा सम्मको भाडा ६४० बाट बढेर ७०४ पुगेको छ ।
काठमाडौंदेखि स्याङ्जासम्मको दुरी २३५.६७ किलोमिटर रहेको छ । पेट्रोलियम पदार्थको भाउ बढेसँगै सार्वजनिक सवारी साधनको पनि भाडा बढेको हो ।








