९ पुस २०८२, बुधबार

रोल्पामा स्थानीय तहको चुनावमा गठबन्धन गर्ने सत्तारुढ दलको सहमति

प्रकाशित मिति :  3 April, 2022 6:46 pm



रोल्पा । रोल्पामा सत्तारुढ दलहरूबीच स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय भएको छ ।

केन्द्रको सहमति अनुसार रोल्पामा पनि सत्तारुढ दलबीच स्थानीय तहको चुनावमा गठबन्धन गर्ने सहमति भएको हो ।

नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ,“रोल्पा जिल्लामा गठबन्धनमा संलग्न दलहरुको बैठक ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा नेपाली कांग्रेस रोल्पाको कार्यालयमा बसी केन्द्रीय संयन्त्रको निर्णयलाई स्वागत गर्दै पालिका स्तरमा पनि सोही बमोजिम संयन्त्र बनाई तोकिए बमोजिम कार्य गर्न निर्देशन गरीएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गर्दछौँ ।”

केन्द्रमा राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि रोल्पामा भने गठबन्धनमा सहभागि भएको छ ।



प्रतिक्रिया दिनुहोस !