आजको मौसम पूर्वानुमान
प्रकाशित मिति : 4 April, 2022 8:18 am
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू- थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाखाले जनाएको छ ।








