२४ बैशाख २०८१, सोमबार

श्रीलंकाका मन्त्रीहरुले दिए सामूहिक राजीनामा

प्रकाशित मिति :  4 April, 2022 8:54 am


काठमाडौं। आर्थिक संकटबाट जुधिरहेको श्रीलंकामा मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ ।

चरम आर्थिक संकटप्रति असन्तुष्ट सर्वसाधारणहरूले प्रदर्शन गरिरहेका बेला २६ जना मन्त्रीहरुको सामूहिक राजीनामा दिएका हुन।

सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि र लुटपाटका घटना बढेपछि देशभर कर्फ्यु लगाइएको छ । सो कर्फ्युकोसमेत उल्लंघन गर्दै श्रीलंकाका नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शन नियन्त्रण लिने प्रयासमा सडकमा सेना परिचालन गरिएको छ ।

आर्थिक संकटका कारण कपि र मसी किन्ने पैसा अभावका कारण विद्यालयको परीक्षा समेत स्थगित गरिएको थियो । खाद्यन्न औषधि जस्ता अत्यावश्यक वस्तुको अभावका कारण पसलहरु समेत मानिसहरुको भिड लाग्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !