सुन ९८ हजार ७००मा कारोबार हुदैँ
प्रकाशित मिति : 4 April, 2022 10:56 am
काठमाडौं । नेपाली बजारमा आज सोमबार छापावाला सुनको मूल्य घटेको छ । आइतबार ४०० रुपैयाँले सस्तिएको सुनको मूल्य आज सोमबार पनि तोलामा ६००ले घटेर तोलाकाृ ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको भमहासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार स्थिर रहेको चाँदी सोमबार प्रतितोला १० रुपैयाँले घटेर तोला १३५० रुपैयाँमा कारोबार भइरहेको छ ।








