७ पुस २०८२, सोमबार

चापाकोट नगरपालिकामा पुल निर्माणका क्रममा दुर्घटना हुँदा ८ कामदार घाइते

प्रकाशित मिति :  4 April, 2022 12:06 pm


स्याङजा । स्याङजा जिल्लाको चापाकोट नगरपालिका वडा नं ८ मा पक्की पुल निर्माणका क्रममा दुर्घटना हुँदा ८ जना कामदार घाइते भएका छ्न्। घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

चापाकोटको प्याक्लुक स्थित निर्माणाधिन दामाचौर-रामपुर पाल्पा जोडने पक्की पुल निर्माणको क्रममा क्रेनले फलामको बिम माथि उचाली कामदारहरुले उक्त बिम जोड्ने काम गरिरहेको अवस्थामा अचानक उक्त बिम सहित कामदारहरु खस्दा ८ जना कामदार घाईते भएको प्रहरीले जनाएको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्दारमा जुटेको प्रहरीले घाइते कामदारहरूलाई उनीहरूको अवस्था अनुसार पाल्पाकोे युनाइटेड मिसन र प्रभास अस्पतालमा पठाएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा रौतहट बस्ने वर्ष २४ का प्रेम धन पटेल, बाराका वर्ष २२ का राम निवास कुमार पटेल, बारा हरिहरपुर ८ बस्ने वर्ष २८ का जितेन्द्र पटेल, भारत बिहार बस्ने वर्ष २५ का धनन्जय ठाकुर, २१ वर्ष का सुजित कुमार यादब, वर्ष ४८ का रघुनाथ राव, वर्ष २५ का अनुप कुमार राव, गोरखाका २३ वर्षका सृजन परियार रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !