पौडेलको नेतृत्वमा स्थानीय तहको निर्वाचन तयारी तथा अनुगमन समिति
प्रकाशित मिति : 5 April, 2022 12:11 pm
काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको तयारी तथा अनुगमनका लागि भन्दै समिति गठन गरेको छ ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति गठन गरेको हो ।
समितिमा कांग्रेसबाट गगन थापा, ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ सदस्य छन् भने नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी रहेका छन् ।
सत्तारुढ दलले स्थानीय तहमा गठबन्धन गरेर जाने सहमति गरिसकेका छन् । सहमति अनुसार स्थानीय तहमा समेत सत्तारुढ दलले सहकार्य गर्ने भन्दै धमाधम विज्ञप्ति जारी गरिरहेका छन् ।








