९ पुस २०८२, बुधबार

समृद्धि फाइनान्सको ९.४ लाख कित्ता हकप्रद सेयर लिलामीमा

प्रकाशित मिति :  5 April, 2022 12:57 pm


समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर लिलामीमा बिक्री खुला भएको छ । कम्पनीले ९ लाख ४० हजार ४६६ कित्ता हकप्रद सेयर लिलाम बढाबढमा बिक्री खुला गरेको हो ।

फाइनान्सले फागुन ८ गतेदेखि २९ गतेसम्म बिक्रीमा ल्याएको हकप्रदमध्ये अवितरित उक्त हकप्रद सेयर लिलाम बिक्री गर्न लागेको हो ।

बिक्री खुला भएको सेयरमासंस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता रहेको छ ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। संस्थापक सेयरमा न्यूनतम १००० कित्ता र सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ।

बोलपत्र फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट, बैंक अफ काठमाण्डूको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीका तोकिएका शाखा र समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय तथा काठमाण्डौं, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो वैशाख ७ गते बैंकिङ समयसम्म तोकिएको छ।



प्रतिक्रिया दिनुहोस !