९ पुस २०८२, बुधबार

मंगलबार पनि नेप्सेमा ४६ अंकको गिरावट

प्रकाशित मिति :  5 April, 2022 4:42 pm


काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजारमा भारी अंकको गिरावट भएको छ । मंगलबार नेप्से परिसूचक ४६ अंकले घट्दा पर्यटन उपसमहमा मात्रै हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ४६.४६ अंकले घटेर २४५२.०६ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.३४ अंकले घटेर ४५८.२२ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज होटल तथा पर्यटनबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ६७ लाख ९९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सवैभन्दा धेरै मुनाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै नेप्सेमा आज इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कूल २२८ वटा कम्पनीको ५८ लाख ४१ हजार ९ सय ९८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३ सय ८८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !