९ पुस २०८२, बुधबार

प्रधानमन्त्री देउवाद्वारा नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाहको उद्घाटन

प्रकाशित मिति :  5 April, 2022 6:52 pm


sf7df8f}F, @@ r}tM ;’Svf aGb/ufx ;df/f]x k|wfgdGqL z]/axfb’/ b]pjf dªunaf/ sf7df8f}Fsf] rf]ef/df ;’Svf aGb/ufx ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्मित नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाहको आज एक समारोहका बीच उद्घाटन गरेका छन्।

प्रधानमन्त्री देउवाले मूलद्वारमा टाँगिएको रिबन काटेर तीन मालबाहक सवारीसाधनलाई प्रवेश गराई बन्दरगाहको उद्घाटन गरेका हुन् । उक्त समारोहमा प्रधानमन्त्री देउवाले नेपालकै पहिलो सुक्खा बन्दरगाह निर्माणले राजधानी काठमाडौँलाई अन्तर्राष्ट्रिय व्यापारको हबका रूपमा विकास गर्न कोसेढुङ्गा हुने विश्वास व्यक्त गरे ।

उनले निर्यात व्यापारलाई सहजीकरण गर्न यसको भूमिका विशेष रहने र भन्सार जाँचपास, क्वारेन्टिनलगायतका सेवा एकै थलोमा उपलब्ध हुँदा लागत घट्ने तथा प्रशासनिक प्रक्रियालाई न्यूनीकरण गर्न सहयोग पुग्ने बताए।

प्रधानमन्त्री देउवाले व्यापारलाई सहजीकरण गरी पारदर्शीता अभिवृद्धिमार्फत निर्यात प्रवद्र्धनमा पनि बन्दरगाहले सहयोग पुग्ने बताए । बन्दरगाहले काठमाडौँ उपत्यकाबाट हुने व्यापारलाई थप सहजता प्रदान गर्न र वस्तु वा सेवाको लागत घटाई थप प्रतिस्पर्धी र प्रभावकारी बनाउने उनको भनाइ छ ।

नेपालको वैदेशिक व्यापारमा उच्च पारवहनमा झन्झटिलो प्रशासनिक प्रक्रिया अझै समस्याका रूपमा रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न यस प्रकारका गुणस्तरीय व्यापार पूर्वाधारले मद्दत गर्ने प्रधानमन्त्री देउवाले बताए ।

“मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलित रूपमा विकास गर्दै व्यापार पूर्वाधार व्यवस्थापन र प्रतिस्पर्धी बनाउन सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी महत्वपूर्ण संरचना हो”, प्रधानमन्त्री देउवाले भने, “यसलाई आत्मसात गरी सरकारले मुलुकका विभिन्न स्थानमा सुक्खा बन्दरगाह निर्माण र छिमेकी मुलुकको सीमा क्षेत्रमा जोडिएको नाका र भन्सार कोरिडोरको स्तरोन्नतिलाई प्राथमिकता दिँदै आएको छ ।” उनले आर्थिक वृद्धिको इञ्जिन मानिने अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा यस प्रकारका संरचना निर्माणको खाँचो रहेको औँल्याए।

प्रधानमन्त्री देउवाले नेपालको औद्योगिक वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाई अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको निर्यातमार्फत व्यापार घाटा कम गर्न सकिने बताए । साथै स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण हुने र त्यसले देशमा औद्योगिक विकास र रोजगारीको सिर्जनामा सहयोग पुग्ने उनको भनाइ छ ।

समारोहमा प्रधानमन्त्री देउवाले मुलुकमा लगानी र औद्योगिक विकासको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको, आवश्यक पर्ने नीतिगत र प्रक्रियागत संरचनाको सुधारका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएको र यसलाई निरन्तरता दिने बताए।

“बढ्दो व्यापार घाटालाई कम गर्न एकातर्फ स्वदेशी कच्चा पदार्थ र स्वदेशी सीपमा आधारित उत्पादनमा जोड दिनु आवश्यक छ भने अर्कोतर्फ व्यापारजन्य पूर्वाधारको विकास गरी आयात, निर्यातलाई लागत कम हुने गरी पूर्वाधार विकास गर्न खाँचो छ,” उनले थपे ।

वैदेशिक व्यापारमा विद्यमान प्रक्रियागत जटिलतालाई सरलीकरण र न्यूनीकरण गर्दै लैजानु पनि जरुरी रहेको उनले बताए । त्यसका लागि सरकार समस्या समाधान गर्दै निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस !