इन्जा खोजी पत्रकारिता पुरस्कार टक्सार म्यागजिनका प्रधान सम्पादक बुढाथोकीलाई
प्रकाशित मिति : 5 April, 2022 7:07 pm
काठमाडौं । नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई दिने निर्णय गरेको छ ।
सन् २०२१ भरिमा नेपालवाट प्रकाशित तथा प्रसारित खोजी समाचारहरुमध्येबाट इञ्जाले पत्रकार वुढाथोकीलाई चयन गरेको हो । पुरस्कारको राशी एक हजार अमेरिकी डलर रहेको छ ।
पत्रकार बुढाथोकीले नेपालमा बहुराष्ट्रिय कम्पनी कोकाकोलाले स्थापनाकालदेखि नै स्वामित्व किनबेच हुँदा नेपाल सरकारलाई तिर्नुपर्ने आयकर, आकस्मिक लाभकर, पुँजीगत लाभकर छलीका चक्रबारे विस्तृत तहगत खोज गरी नेपाल सरकारको अनुसन्धान प्रक्रियामा विशेष योगदान दिएको मूल्यांकन गर्दै इन्जा खोजी पत्रकारिता पुरस्कार २०२२ दिने निर्णय गरेको हो ।








