९ पुस २०८२, बुधबार

आजको मौसम पूर्वानुमान

प्रकाशित मिति :  6 April, 2022 8:37 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो प्रदेश १ को पहाडी भूभागका केही स्थानमा तथा बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।

बिहीबार प्रदेश १ को पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !