अभिनेता भुवन केसी काठमाडौं मेयर पदमा उठ्ने
प्रकाशित मिति : 6 April, 2022 9:17 am
काठमाडौं । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् ।
२०७९ वैशाख ३०मा हुने स्थानिय तहको निर्वाचनका लागि उनले उन्नत लोकतन्त्र पार्टीबाट महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिन लागेका हुन ।
उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको हो।
पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौंको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
पार्टीले केसीको उम्मेदवारीमा खुला किताब चुनाव चिन्हसहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको नेपालको भनाइ छ ।
उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको छ ।








