९ पुस २०८२, बुधबार

आइपीओ जारी गर्न आइ.एम.आई. लाइफले बोलायो सभा

प्रकाशित मिति :  6 April, 2022 12:34 pm


काडमाडौं । काठमाडौं । आए.एम.ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर आइपीओ जारी गर्न साधारण सभा बोलाएको छ । कम्पनीको आगामी साधरण सभामा सर्वससाधारणका लागि छुट्याएको सेयर प्रस्ताव पारित गर्ने बताइएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा २०७९ बैशाख १४ बुधबार र्याडिसन होटल, लाजिम्पाट काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा अन्य कुनै जीवन बीमा कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा सोसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।



प्रतिक्रिया दिनुहोस !