१७ बैशाख २०८१, सोमबार

वालिङ नगरपालिकामा एकैदिन पाँचवटा स्वास्थ्य चौकी शिलायान्स

प्रकाशित मिति :  6 April, 2022 4:14 pm


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिलकामा पाँच वटा स्वास्थ्य संस्थाको भवन शिलायान्स भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वलिङ नगरपालिकाको साझेदारीमा वालिङमा बुधबार नगर प्रमुख दिलिप प्रताप खाँणले नगर पाँच वटा स्वास्थ्य संस्थाको भवन शिलायान्स गरेका हुन् ।

वालिङ वडा नम्बर ५ मा जगतभञ्याङ स्वास्थ्यचौकी, वडा नम्बर १२ मा सिर्सेकोट स्वास्थ्यचौकी, वडा नम्बर ९ मा डुडखोला शहरी स्वास्थ्य केन्द, वडा नम्बर ११ मा कागतीभञ्याङ शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर १४ को डुम्रेभञ्याङमा शहरी स्वास्थ्य केन्द्रकालागि बजेट बिनियोजन भई बोलपत्र आब्हान गरिसेकेको नगर प्रमुख दिलिप प्रताप खाँणले बताए ।

वडा नम्बर ५ र १२ मा स्वास्थ्यचौकी निर्माणका लागि ६४ ६४ लाख र बाकीँ तीन वटा वडा नम्बर ९, ११, र १४ मा शहरी स्वास्थ्य केन्द्रकालागि ३८ लाखका दरले विनियोजन भएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिप प्रताप खाणले दुई वर्ष पहिलेदेखि रोकिएको कार्य अहिले शुरु भएको र नगरका १४ वटै वडामा सुविधा सम्पन्र स्वास्थ्यचौकी भवनमा विज्ञ स्वास्थ्यकर्मीहरु मार्फत नगरिकलाई आधारभूत स्वास्थ्यको पहुँच पुर्याउने बताए ।

वालिङका नागरिकको स्वास्थ्यप्रति नगरपालिका सचेत रहेकाले यहाँका कोही नागरिक आधारभूत स्वास्थ्य सेवाको पहुुँचभन्दा बाहिर नहोस् भनि स्वास्थ्य चौकी निर्माण गर्न लागेको नगर उपप्रमुख कल्पना तिवारीले बताइन् ।

स्वास्थ्य संस्थाको भवन निर्माणका कार्य यहि आर्थिक वर्षमा सम्पन्र गर्ने लक्ष्य भएको स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले बताए ।



प्रतिक्रिया दिनुहोस !