सेयरबजारमा छायो हरियाली, नेप्से ३५ अंकले बढ्दा नबिल बैंकको सर्वाधिक कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा हरियाली छाएको छ । केही दिनदेखि निरन्तर गिरावट आएको बजार आज भने कारोबारको सुरुवाती समयदेखि नै सकरात्मक बनेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३५.६६ अंकले बढेर २४६४.३१ अंकमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.१३ अंकले बढेर ४६३.७३ अंकमा पुगेको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै अन्य समूह बढेको छ ।
बिहीबार कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेड सबैभन्दा अग्रस्थानमा रहेको छ । बैंकको ७ करोड ३८ लाख ९५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
यस दिन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य ७.७१ प्रतिशतले घटेको हो ।
कूल २२४ वटा कम्पनीको ५४ लाख ४४ हजार ७ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १२ करोड १५ लाख ११ हजार २ सय ८० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।








