९ पुस २०८२, बुधबार

चुनावमा जान विप्लव नेतृत्व नेकपाको तयारी, दल र मतदाता नामावली दर्ताकाे समय माग

प्रकाशित मिति :  7 April, 2022 7:03 pm


काठमाडौं । विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समितिले निर्णय गर्‍यो,“पार्टीलाई दर्ता गरेर चुनाव उपयोगमा नजाने तर एमसीसी एवम् राष्ट्रघातविरोधी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति प्रयोग गर्नु उपयुक्त हुनेछ ।”

यो निर्णयले थप अन्योल सिर्जना गरिरहेका बेला आज नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेता निर्वाचन आयोग पुगे । निर्वाचनबाट बाहिर निष्कदै गर्दा प्रवक्ता प्रकाण्डाले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने,“पार्टी चुनावमा जान्छ ।”

नेकपाले निर्वाचन आयोगमा दल दर्ता गरेको छैन । चुनावमै जानुपरेपनि कतिपयको मतदाता नामावलीमा नाम छैन । तर चुनावमा जाने कसरत गरिरहेको देखिएको छ । नेकपाले के गर्छ भन्ने विषयमा अझै अन्योल देखिएको छ । तर निर्वाचन आयोगको स्रोत अनुसार प्रवक्ता प्रकाण्डले निर्वाचन आयोगलाई दल दर्ता गर्ने समय र मतदाता नामावलीका लागि केही समय दिन माग गरेका छन् ।

नेकपाले अहिले मोर्चा दर्ता गरेर चुनावमा जाने कसरत गरिरहेको छ । नेकपा स्रोतले भन्यो, “पार्टी नै भन्दापनि मोर्चा दर्ता गरेर चुनावमा जाने हो त्यसका लागि समय दिन आग्रह गर्ने निर्णय भएको हो त्यसै अनुसार छलफल चलिरहेको छ, यो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भनिसकेका छौं ।”

निर्वाचनबाहिर रहने निर्णय गरेका दलले पनि मोर्चा दर्ता गरेर चुनावमा भाग लिने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !