९ पुस २०८२, बुधबार

लुम्बिनी प्रदेशकाे धरातलीय अवस्था पठाउन सत्तारुढ गठबन्धन दलको जिल्लालाई निर्देशन

प्रकाशित मिति :  7 April, 2022 9:46 pm


रुपन्देही । लुम्बिनी प्रदेशको सत्तारुढ दलले प्रदेशका १०९ स्थानीय तहको धरातलीय अवस्था चैत्र २६ गतेसम्म पठाउन सबै जिल्लालाई निर्देशन दिएको छ ।

आज बसेको बैठकले गठबन्धनलाई सकारात्मक रुपमा ग्रहण गर्दै सम्पूर्ण जिल्लामा सत्तारुढ दलको बैठक बसाल्न पाँच दलीय गठबन्धनमा आबद्ध सबै राजनीतिक दलले जिल्लाका राजनीतिक दललाई निर्देशन गर्ने निर्णय समेत भएको छ ।

प्रदेश स्तरीय गठबन्धनको चुनावी कार्ययोजना सहित आगामी बैठक २०७८ चैत्र २७ गते बस्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनमगर, नेकपा माओवादी केन्द्रका अध्यक्ष सुदर्शन बराल,नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष मेटमणी चौधरी, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका बद्री आलमको सहभागिता थियो ।

बैठकले आगामी बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन बलियो तथा मजबुत बनाउनको लागि नियमित बैठक बस्ने, मत विश्लेषण गर्ने र निर्वाचन योजना निर्माण गर्ने निर्णय समेत भएको नेपाली कांग्रेसका सभापति अमरसिंह पुनमगरले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !