५ जेष्ठ २०८१, शनिबार

प्रतितोला ५००ले बढ्यो सुन

प्रकाशित मिति :  8 April, 2022 10:51 am


काठमाडौं । नेपाली बजारमा आज शुक्रबार छापावाल सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५००ले बढेर तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार छापावाला सुन प्रतितोला ९९ हजार रुपैयाँमा करोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलाको १३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार बिहिबार चाँदी १३४५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !