९ पुस २०८२, बुधबार

रोल्पाको गंगादेव गाउँपालिकामा विप्लव नेतृत्व नेकपाले चुडामणी वलीलाई उमेद्वार बनाउने

प्रकाशित मिति :  8 April, 2022 12:30 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पाको गंगादेव गाउँपालिकामा केन्द्रीय सदस्य चुडामणी वली ‘आदर्श’लाई उमेद्वार बनाउने भएको छ ।

वलीले आगामी स्थानीय तहकाे चुनावमा आफू अध्यक्षको उमेद्वार बन्ने तयारी गरेको पुष्टि बगरेका छन् । उनले लुम्बिनी सञ्चारसँग भने,“सबै जनताबाट आग्रह पनि आयो र पार्टीले पनि चुनावमा उमेद्वार बन्न अनुमति दिएको छ । ”

वलीले पार्टीको नीति अनुसार स्वतन्त्रबाट उमेद्वारी दिने तयारी गरेका हुन् । नेकपाले रोल्पामा थवाङ र सुनछहरी गाउँपालिकामा पनि उमेद्वारी दिने तयारी गरेको छ । २०७४ मा गंगादेव गाउँपालिकामा माओवादी केन्द्रले चुनाव जितेको थियो ।



प्रतिक्रिया दिनुहोस !