२० राष्ट्रमा नेपाली राजदूत नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले विभिन्न राष्ट्रमा नेपाली राजदूत नियुक्त गर्ने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न २० राष्ट्रमा नेपाली राजदूत नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहालालाई र सदस्यमा केशवराज आचार्यलाई नियुक्ति तथा मनोनयन गर्ने निर्णय गरेको बताए ।
त्यस्तै सैनिक विषेश अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च आदालत पाटनका माननीय न्यायधीश महेशप्रसाद पुडासैनीलाई नियुक्त गर्ने भएको प्रवक्ता तथा संचारमन्त्री कार्कीले बताए ।
त्यस्तै बैठकले ओली सरकारको पालामा (२०७५ /६/५ मा गरिएको बुढीगण्डकी जलविद्युत् आयोजनासम्बन्धी निर्णय खारेज गरेको छ ।










