७ पुस २०८२, सोमबार

अर्घाखाँचीमा तिर्थयात्री चढेको बस दुर्घटना,३० जना घाइते

प्रकाशित मिति :  8 April, 2022 2:34 pm


अर्घाखाँची । अर्घाखाँचीमा तिर्थयात्री चढेको बस दुर्घटना भएको छ । सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ भलाडाडा नजिकै भएको वस दुर्घटनामा ३० जना घाइते भएका छन् ।

प्यूठानको स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली हुँदै पोखरा तर्फ गइरहेको ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिए ।

बसमा सवार रहेका सबै घाइतेहरुको सन्धिखर्कको जिल्ला अस्पतालमा उपचार भइरहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !