१२ फाल्गुन २०८२, मंगलबार

रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

प्रकाशित मिति :  8 April, 2022 3:23 pm


रुपन्देही । रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २२ प ६९२५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा रहेका सैनामैना नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय कृष्ण चन्द्र खनालको मृत्यु भएको हो ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका वडा नम्बर ३ ड्राइभर टोलमा दिउँसो साढे १ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !