५ जेष्ठ २०८१, शनिबार

संयुक्त राष्ट्रसङ्घमा सद्गुरुको सम्बोधन, माटो विनाशप्रति आपत्ति

प्रकाशित मिति :  8 April, 2022 7:08 pm


काठमाडौं । धरतीको माटोलाई विनाश हुनबाट जनचेताना फैलाउन माटो जोगाऔँ भन्ने अभियानसहित १०० दिने मोटरसाइकल यात्रामा हिडेका सद्गुरुले संयुक्त राष्ट्रसङ्घमा सम्बोधन गर्नै माटोको विनासप्रति आपत्ति जनाएका छन् ।

चैत्र २२ गते जेनेभास्थित संयुक्त राष्ट्र मिशनमा आयोजित समारोहमा माटो जोगाऔँ अभियानको समर्थनमा उत्सुक श्रोताहरूलाई सम्बोधन गर्दै सद्गुरुले माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित गर्न आह्वान गरे । सम्बोधनमा उनले भने, “तपाईंहरूको आवाज कहाँ छ ? अब बोल्ने समय भएको छ।“

आफ्नो १०० दिने यात्राको क्रममा १६ औँ दिनको यात्रापछि सद्गुरु रोमबाट जेनेभा पुगेका थिए।

हाम्रो जीवन र हामी वरपर रहेका बाँकी सम्पूर्ण जीवनहरूको आधार माटो नै रहेको बताएका उनले माटोको चमत्कारिक गुणबारे उल्लेख गर्दै भने, “यदि तपाईंले माटोमा मरेको कुरा हाल्नुभयो भनेपनि, त्यसबाट जीवन अङ्कुरित हुन्छ । यस्तो अर्को कुनै पदार्थ छैन, साथै पूरै ब्रह्माण्डमा हामीलाई थाहा भएसम्म यस्तो अर्को कुनै स्थान छैन ।”

लोकतन्त्रमा जनताहरूको आवाज महत्त्वपूर्ण हुने कुरामा जोड दिँदै उनले कूनै पनि सरकार जनताको आज्ञा पालना गर्नको लागि चुनिएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !