९ पुस २०८२, बुधबार

प्यूठानमा पनि विप्लव नेतृत्वको नेकपा चुनावमा जाने

प्रकाशित मिति :  9 April, 2022 2:48 pm


फाइल फोटो

प्यूठान । प्यूठानमा पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनावमा जाने तयारी गरेको छ ।

पार्टीले प्यूठानमा आधार इलाकाके रूपमा लिइएको माण्डवी गाउँपालिकामा निर्वाचनमा जाने तयारी गरेको हो । नेकपाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चासँग चुनावी गठबन्धन गरेर जाने सहमतिमा हस्ताक्षर गरेको छ ।

सहमतिमा नेकपाका नेता तथा माण्डवी गाउँपालिका इन्चार्ज हरि बस्नेतले हस्ताक्षर गरेका छन्। रोल्पामा पनि नेकपाले चुनावमा जाने तयारी गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !