५ जेष्ठ २०८१, शनिबार

सुनको मूल्य १ लाख नाघ्यो

प्रकाशित मिति :  10 April, 2022 11:38 am


काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८००ले बढेर तोला १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । गत शुक्रबार छापावाला सुन ९९ हजार ५००मा काराेबार भएकाे थियाे ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

आज चाँदीको मूल्यको मूल्य पनि बढेको छ । चाँदी १० रुपैयाँले बढेर तोलाको १३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !