९ पुस २०८२, बुधबार

रिभर फल्स पावरको आइपीओ आजदेखि निष्काशन

प्रकाशित मिति :  10 April, 2022 11:34 am


काठमाडौं । रिभर फल्स पावर लिमिटेडले साधारण सेयर आइपीओ निष्काशन गरेको छ । कम्पनीले आज चैत्र २७ गते (आइतबारदेखि)आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीको जारी पूँजी ७० करोडको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गरिने छ ।

साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको सेयर सम्पूर्ण विक्री नभएमा विक्री नभए बराबरको शेयर समेत समायोजन गरी सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्काशन गरिने छ ।

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा २०७९ बैशाख ११ गते र ढिलोमा बैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

लगानीकर्ताहरुले यस आईपीओमा प्राइम कमर्सियल बैंक लिमिटेड खादवारी तुम्लिङटा र सभापोखरी शाखा, प्रभ बैंक लिमिटेड, खांदबारी शाखा, ग्लोबल आईएमई बैंक लिमिटेड, खांदबारीर चैनपुर शाखा, रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संवासभा र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त स्वीकृति प्राप्त गरेको सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरूबाट कार्यालयबाट आवेदन दिन सक्नेछन्।



प्रतिक्रिया दिनुहोस !