९ पुस २०८२, बुधबार

गठबन्धन भएका स्थानीय तहको उमेद्वार छिट्टै टुंगो लाग्छ : सभापति पुन

प्रकाशित मिति :  10 April, 2022 1:02 pm



अर्घाखाँची । नेपाली कांगेस लुम्बिनी प्रदेश सभापति अंमर सिंह पुनले कांग्रेस बिना देशको निकास सम्भव नभएको बताएका छन् ।

नेपाल प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति पुनले यस्तो बताएका हुन् । उनले देश समृद्ध बनाउन कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन ।

संविधानको रक्षा कांग्रेस बाहेक अरु दलले गर्न नसक्ने भन्दै अबको चुनावमा कांग्रेस पार्टी बहुमतका साथ पहिलो पार्टी बन्ने दाबी समेत गरे ।

गठबन्धनबारे धारणा राख्दै उनले स्थानीय तहको आसन्न निर्वाचनमा कार्यकर्ताको भावना र स्थानीय तहको आवश्यकता अनुसार गठबन्धन हुने बताएका छन । गठबन्धन भएका स्थानीय तहहरुमा अब छिट्टै उम्मेद्वार समेत टुङ्गो लाग्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !