५ जेष्ठ २०८१, शनिबार

वैशाख महिनामा वाणिज्य बैंकहरुले व्याजदर स्थिर राख्ने

प्रकाशित मिति :  10 April, 2022 5:12 pm


काठमाडौं । वाणिज्य बैंकहरुले बैशाख महिनामा व्याजदर स्थिर राख्ने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बैशाख महिनामा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ।

आइतबार बसेको बैंकर्स संघको बैठकले व्याजदर बढाउँदा पनि निक्षेपमा सुधार हुन नसकेपछि व्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

अब वैशाख महिनाका लागि बैंकहरुले चैतकै ब्याजदर प्रकाशित गर्ने छन् । जसअनुसार वाणिज्य बैंकहरुको हाल एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकिएको छ । गत माघको तुलनामा फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०।९८ प्रतिशत बिन्दुले बढाएका थिए ।



प्रतिक्रिया दिनुहोस !