५ जेष्ठ २०८१, शनिबार

मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ

प्रकाशित मिति :  11 April, 2022 10:21 am


धनुषा । मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन् ।

सोमबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले मालपोतका निमित्त प्रमुख सुनील झालाई जनकपुरधामको भानु चोकबाट पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस वापत रकम लिँदै गरेका उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए ।

जग्गासम्बन्धी काम मिलाइदिने भन्दै झाले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।



प्रतिक्रिया दिनुहोस !