९ पुस २०८२, बुधबार

साताको पहिलो कारोबारको दिन ४४ अंकले घट्यो नेप्से

प्रकाशित मिति :  11 April, 2022 3:44 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा भारी अंकको गिरावट आएको छ । सोमबार आज नेप्से परिसूचक ४४ अंकले घटेको छ भने कारोबार रकम पनि खुम्चिएको छ ।

देशमा अर्थतन्त्रका सूचकहरु खस्किएको अवस्थामा समग्र सेयरबजार अगाढी बढ्न नसक्ने विष्लेशकहरु बताउँछन्। अहिले देशमा आर्थिक संकट पर्नसक्ने भन्दै राष्ट्रबैंकले आयातमा कटौती गर्दै आएको छ ।

अर्थविद्हरुले पनि वैलैमा सचेत नभए देशमा गम्भिर आर्थिक संकट् आउने बताइरहेको अवस्थामा सेयर बजारमा गिरावट आउनु स्वभाविक भएको सेयरबजारका जानकारहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ४४.६४ अंकले घटेर २४१९.७१ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ९.३८ अंकले घटेर ४५४.३७ अंकलमा झरेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका १३ वटा उपसमूह मध्ये सबै उपसमुहहरु घटेका छन् । जसमध्ये अन्य समुह सबैभन्दा धेरै ४.६२ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ५२ लाख ८० हजार १६४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज इमर्जिक नेपाल लिमिटेड र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य ९.९८ र ९.९२ प्रतिशतले घटेको छ ।

कुल २३३ कम्पनीको ५० लाख ९५ हजार ८ सय ३४ कित्ता सेयर किनबेच गर्दा २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६ सय २८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !