९ पुस २०८२, बुधबार

लुम्बिनी प्रदेशमा सत्तारुढ दलले अन्य दलसँग चुनावी तालमेल गर्न नपाउने

स्थलगत अनुगमन कार्यदल गठन
प्रकाशित मिति :  11 April, 2022 4:44 pm


रुपन्देही । लुम्बिनी प्रदेशको सत्तारुढ गठबन्धनले अन्य दलसँग चुनावी तालमेल गर्न नपाइने निर्णय गरेको छ ।

आज बसेको सत्तारुढ पाँच दलको बैठकले गठबन्धन बाहेकका अन्य दलहरूसँग कुनै प्रकारको चुनावी तालमेल वा गठबन्धन गर्न नपाइने निर्णय गरेको हो ।

चुनावी गठबन्धनका सबै दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनाव प्रचार संयन्त्र गठन गर्ने समेत निर्णय भएको छ । बैठकले जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी सोको रिपोर्ट प्रदेशमा पठाउनका आग्रह गर्ने निर्णय भएको नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए ।

संयुक्त स्थलगत अनुगमन कार्यदल

पाँच दलीय गठबन्धनले लुम्बिनी प्रदेशका लागि ‘संयुक्त स्थलगत अनुगमन कार्यदल’ गठन गरेको छ ।

गठबन्धनमा नेपाली कांग्रेसबाट राजु खनाल,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट लुमकान्त न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट अशोक कोइलारा, जनता समाजवादी पार्टी – अशोकुमार यादव, र राष्ट्रिय जनमोर्चा बोमबहादुर खत्री रहेका छन् ।

गठबन्धन बैठकले विगत ७० वर्षदेखि नेपाली जनताको अनवरत संघर्षबाट प्राप्त उपलब्धी गणतन्त्र प्रतिगमनका कारण धरापमा परि सकेको र प्रतिगमनकारी राजनीतिक संकट अझै समाप्त नभई सकेको निष्कर्ष समेत निकालेको छ ।

यस कारण आन्दोलनको उपलब्धी रक्षाका लागि गठबन्धनको आवश्यकता र अपरीहार्यता झन बढ्दै गइहेको गठबन्धनको ठहर छ ।



प्रतिक्रिया दिनुहोस !