९ पुस २०८२, बुधबार

गौर नगरपालिकाको मेयरका लागि मिश्रद्वारा उमेद्वारी घोषणा

प्रकाशित मिति :  11 April, 2022 6:50 pm


रौतहट । रौतहटको गौर नगरपालिकाको मेयरका लागि अनिमेशकुमार मिश्रले उमेद्वारी घोषणा गरेका छन् ।

नेपाल पत्रकार महासंघ, रौतहट शाखा कार्यालयमा पत्रकार सम्मेलन गरेर आज मिश्रले मेयरको उमेद्वारी घोषणा गरेका हुन् ।

मिश्रले पत्रकार सम्मेलनमा भने,“औपचारिक रुपमा स्थानीय तहको चुनाव अन्तर्गत गौर नगरपालिकाको आसन्न मेयरको लागि संक्षिप्त घोषणा पत्रसहित आफ्नो उमेद्वारी घोषणा गर्दछु ।”

सोच परिवर्तनको संघर्षमा नगरबासीको साथ र माया मतको विश्वासले आफू मेयरका लागि अग्रसर भएको बताए । उनले भने,“छिट्टै घोषणा पत्र सहित हजुरहरुको घरदैलो पुग्नेछु ।”

मिश्रले यसअघि विवेकशील साझा पार्टीका केन्द्रीय सचिवालय सदस्य थिए । पार्टी विभाजनपछि मिश्रले राजीनामा दिएका थिए । आहिले आफूले स्वतन्त्र उमेद्वारी घोषणा गरेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !