बलेफी हाइड्रोपावरको आइपीओ पर्यो ? यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ ।
कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज (चैत्र २९ गते, मंगलबार) बिहान निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको थियो ।
कम्पनीले चैत्र १६ गते, बुधबारबाट, चैत्र २१ गते, सोमबारसम्म सर्वसाधारणका १८ लाख २७ हजार ९ सय ७० कित्ता सेयर निष्काशन गरेको थियो ।
उक्त आइपीओमा अन्तिम दिनसम्ममा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रूपैयाँ बराबरको २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका थिए ।
गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख ६६ हजार ३ सय ४२ जना जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । त्यस्तै २० कित्तामाथिका लागि भर्ने ३ जनाले एक एक कित्ता पाएका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
यसरी हेर्नुहोस् नतिजा
आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड भइसकेको हुनाले लगानीकर्ताले निम्नअनुसारको लिंकमा गएर सहजै नतिजा हेर्न सक्नुहुनेछ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको (https://iporesult.cdsc.com.np/ ) नामक वेभसाइटबाट,
ग्लोबल आईएमई क्यापिटलको वेभसाइट https://www.globalimecapital.com/
बलेफी हाइड्रोपावर कम्पनीको वेभसाइट https://balephihydro.com/
मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर पनि नतिजा हेर्न सकिन्छ ।








