९ पुस २०८२, बुधबार

नेप्सेमा १४ लाख कित्ता बोनस सेयर सूचिकृत

प्रकाशित मिति :  12 April, 2022 1:21 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज दुई लघुवित्त कम्पनीको झन्डै १४ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ । मंगलबार नेप्सेमा इन्फिनिटी लघुवित्त र सूर्योदय लघुवित्तको बोनस सेयर सूचीकत भएको हो।

यी दुवै लघुवित्तका १३ लाख ९५ हजार १८३.९७७३ कित्ता बोनस सेयर सूचीकृत भएको छ। जसमा इन्फिनिटीको ८ लाख ९९ हजार ९८.१२७३ कित्ता र सूर्योदयको ४ लाख ९६ हजार ८५.८५ कित्ता छन्।

गत आर्थिक वर्षका लागि इन्फिनिटीले आफ्ना सेयरधनीहरुलाई २७.७ प्रतिशत र सूर्योदयले २० प्रतिशत बोनस सेयर वितरण गरेका थिए।



प्रतिक्रिया दिनुहोस !