१२ श्रावण २०८१, शनिबार

कांग्रेस नेता पोखरेलको पहलमा विरामीलाई सहयोग हस्तान्तरण

प्रकाशित मिति :  18 March, 2020 3:11 pm


प्यूठान, ५ चैत । नेपाली काँग्रेसका नेता डाक्टर गोविन्द पोखरेलको पहलमा जिल्ला अस्पताल बिजुवार प्यूठानका बिरामीलाई सहयोग सामग्री सहयोग गरिएको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटल काठमाडौंका वसन्त चौधरीले सामग्री सहयोग गरेका हुन् । चौधरीले सहयोग गरेका सामग्रीलाई आज नेता पोख्रेल, प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिलगायतको उपस्थितिमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

अस्पताल आएका बिरामीका लागि सहयोग पुग्ने उद्देश्यले ३५ थान म्याटिक्स, ३५ थान कम्मल, ७० थान बेड सिट, ३५ थान सिरानी, गरी करिब र तीन लाख बराबरको सामग्री अस्पतालका निमित्त सुपरिटेन्डेन डा अमृत पन्थीलाई पहलकर्ता डा. पोख्रेलले हस्तान्तरण गरे ।



प्रतिक्रिया दिनुहोस !