३४ अंकले नेप्से घट्दा, डेढ अर्बमा खुम्चियो कारोबार
काठमाडौं । सेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता दिएको छ । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ भने कारोबार रकम पनि डेढ अर्बमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३४.७८ अंकले घटेर २३८५.०२ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.५२ अंकले घटेर ४४९.३६ अंकमा झरेको छ ।
नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज होटेल तथा पर्यटन समूहबोहक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।
आज नेप्सेमा कारोबार रकमका आधारमा हिमालयन डिष्टीलरी अग्रस्थानमा रहेको छ । कम्पनीको ५ करोड ७५ लाख एक हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने यस दिन इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य ६.५९ प्रतिशतले घटेको छ ।
कूल २३७ वटा कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४ सय १८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।








