१६ चैत्र २०८०, शुक्रबार

नयाँ वर्षको पूर्वसन्ध्यामा लाइभ कन्सर्ट हुने

प्रकाशित मिति :  12 April, 2022 5:48 pm


काठमाडौं । नयाँ वर्ष सेलीब्रेसन गर्न युवा युवती विभिन्न कन्सर्टमा पुग्ने गर्छन् । त्यसमा पनि ठमेल र पोखराको पामे, लेकसाइडमा नयाँ वर्ष सेलिब्रेसन गर्न जानेको लर्काे नै लाग्ने गर्छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलस्थित म्याजस्टिक होटल एण्ड स्पा मा लाइभ कन्सर्ट हुने भएको छ । नयाँ वर्षको एकदिन अघि अर्थात बुधबार साझ लाइभ कन्सर्ट हुने आयोजकले जानकारी दिएको छ ।

मस्कट रकर ब्याण्डको लाइभ म्युजिक कन्सर्ट रहने कन्सर्टमा डिजे म्याकले पनि आफ्नो प्रस्तुती दिने छन् । लाइभ कन्सर्टमा नयाँ वर्ष काउन्ड डाउन, विगो गेम तथा डिजे म्युजिक हुने छ । कन्सर्ट बेलुका ६ बजेबाट सुरु हुने कन्सर्टको आयोजक क्रियटिभ माइन्ड मिडिया एण्ड इभेन्ट प्रा. लि. ले जनाएको छ ।

काल्सबर्ग बियरलेले स्पोन्सर गरेको उक्त कन्सर्ट हेर्न जाने दर्शकका लागि निशुल्क रहेको आयोजकले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !