९ पुस २०८२, बुधबार

सानिमा लाइफले घोषणा ग लाभांश बोनस सेयर कति ?

प्रकाशित मिति :  13 April, 2022 12:23 pm


काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको हिजो (चैत्र २९ गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद गरी कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिले स्विकृत गरेपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !