९ पुस २०८२, बुधबार

रोल्पामा कांग्रेसले माग्याे ५ पालिकाको नेतृत्व, नभए एक्लै चुनाव लड्ने

प्रकाशित मिति :  13 April, 2022 1:25 pm


रोल्पा । नेपाली कांग्रेसले रोल्पामा १० मध्य ५ वटा पालिकामा प्रमुख र ५ वटामा उपप्रमुखको माग गरेको छ ।

सभापति किशोर आचार्यले जारी गरेको विज्ञप्तिमा गठबन्धनका गरेर जान सम्मानजनक सहभागिताका लागि १० वटा पालिकाहरुमध्ये ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ३६ वटा वडाहरुमा अध्यक्ष सहित १ जना सदस्य र ३६ वटा वडाहरुमा ३ जना सदस्यको उमेदवारी दिन पाउनुपर्ने माग गरिएको छ ।

माग अनुसार सिट नपाए एकल रुपमा चुनाव लड्ने नेपाली कांग्रेसले स्पष्ट पारेको छ ।

केन्द्रीय निर्णय अनुसार रोल्पामा पनि नेपाली कांग्रेसले फागुन २८ देखि चैत २८ गतेसम्म ‘घरघर जाओं काँग्रेस जिताऔं’ अभियान चलाएको थियो ।

अभियानपछिको छलफलका क्रममा रोल्पामा नेपाली कांग्रेसको स्थिति विगतभन्दा बलियो भएको भन्दै केन्द्रीय गठबन्धन संयन्त्रको निर्णय अनुसार रोल्पा जिल्लामा गठबन्धन गर्न ५ पालिका प्रमुखमा दाबी गरेको हो ।



प्रतिक्रिया दिनुहोस !