९ पुस २०८२, बुधबार

धितोपत्र बोर्डको निर्देशन पछि नेप्सेले हटायो लाइभ फ्लोरसिट

प्रकाशित मिति :  13 April, 2022 2:00 pm


काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई लाइभ फ्लोरसिट बन्द गराउने निर्देशन दिएसँगै नेप्सेले लाइभ फ्लोरसिट बन्द गरिसकेको छ ।

कारोवार समयमा नै फ्लोरसिटमार्फत् कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेकोमा उक्त विवरण हटाउन सुझाव तथा गुनासो आएको भन्दै बोर्डले फ्लोरसिट हटाउन निर्देशन दिएको हो।

उक्त निर्देशन आएसँगै नेप्सेले लाइभ फ्लोरसिट बन्द गरिसकेको छ ।

धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समय पश्चात् प्रवाह गर्ने व्यवस्था गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको छ।

साथै बोर्डले ब्रोकरको डिस्ल्पे एग्जिविशन (Screen Exhibition Room)खोल्न पनि निर्देशन दिएको छ।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै धितोपत्र दलाल व्यवसायीको कार्यालयमा भिडभाड नहोस् भन्ने अभिप्रायले स्क्रिन एग्जिविशन कक्ष (Screen Exhibition Room) बन्द भइरहेको थियो ।

हाल कोरोना भाइरसको संक्रमण दर न्यून भई नेपाल सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको हुनाले कोभिड १९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गर्नेरगराउने गरी धितोपत्र दलाल व्यवसायीहरुको (Screen Exhibition Room)सुचारु गर्न बोर्डले सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको हो।



प्रतिक्रिया दिनुहोस !