९ पुस २०८२, बुधबार

एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल, सूर्य चिन्हबाटै चुनाव लड्ने सहमति

प्रकाशित मिति :  13 April, 2022 2:58 pm


काठमाडौं । नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनको लागि चुनावी तालमेल भएको छ ।

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने छन् ।

त्यस्तै सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस !