९ पुस २०८२, बुधबार

नेपाल परिवार दलले पनि एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने

प्रकाशित मिति :  13 April, 2022 4:11 pm


नेपाल परिवार दलले पनि स्थानीय तह चुनावमा सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको छ। नेकपा एमाले र परिवार दलबीच वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर अगाडी बढ्ने सहमति भएको छ ।

नेकपा एमाले र नेपाल परिवार दलबीच आज पाँच बुँदे सहमति भएसँगै परिवार दलले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएको छ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दुई दलबीच चुनावी तालमेल गरेर अघि बढ्ने सहमति भएको छ । नेकपा एमालेका स्थानीय विकास विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको हो । सहमति अनुसार नेपाल परिवार दलका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएका हुन् । निर्वाचनमा विजयी भएपश्चात भने नेपाल परिवार दलमै आबद्ध हुनेछन् ।

देशभरका तालमेल सम्भव पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । त्यस्तै नेपाल परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँहरुमा नेकपा एमालेका उम्मेदवारहरूलाई सघाउने र नेपाल परिवार दलका उम्मेदवारहरूलाई नेकपा एमालेले सघाउने सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस !