९ पुस २०८२, बुधबार

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ३.७ मात्रै रहने

प्रकाशित मिति :  13 April, 2022 6:18 pm


The World Bank_TMG

काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ३.७ मात्रै रहने बताएको छ ।

यो सरकारले प्रक्षेपण गरेको ४ प्रतिशतभन्दा कम हो । बुधबार सार्वजनिक गरेको साउथ एसिया इकोनेमिक फोकसका अनुसार गत आर्थिक वर्ष २०७७।७८मा पनि नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत मात्रै रह्यो ।

यो विश्व बैंकले गत जनवरीमा गरेको प्रक्षेपणभन्दा ०.६ प्रतिशतले बढी हो । विश्व बैंकका अनुसार आगामी आर्थिक वर्षमा २०७९।८० मा भने नेपालको आर्थिक वृद्धिदर केहि बहाली भइ ४ दशमलव १ प्रतिशत रहने छ ।

बैंकले आउँदो वर्ष रेमिट्यान्स आउने क्रम बढ्ने, माथिल्लो तामाकोशी जलविद्युत आयोजना पुरा भएकाले उर्जा आपूर्ति बढी उद्योग क्षेत्रले सबल प्रर्दशन गर्ने अपेक्षा सहित नेपालको आर्थिकवृद्धिदरलाई पुनराबलोकन गरेको हो ।



प्रतिक्रिया दिनुहोस !