४ जेष्ठ २०८१, शुक्रबार

बन्दीपुरमा सडक खाना महोत्सव सुरु

प्रकाशित मिति :  14 April, 2022 9:53 am


बन्दीपुर । नयाँ वर्षका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव सुरु भएको छ ।

बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा बुधबारदेखि सडक खाना महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुर पर्यटन विकासका लागि गुरुयोजना बनाएर अगाडि बढिएको बताए।

कोभिड सङ्क्रमणका कारण बन्दीपुरको पर्यटन प्रभावित भए पनि विस्तारै सङ्क्रमण न्यूनीकरण भएकाले अब यसले गति लिने थापाले उल्लेख गरे । उनले गाउँपालिकाको समग्र विकासका लागि २० वर्षे गुरुयोजना बनाइएको बताए ।

महोत्सव शुक्रबारसम्म सञ्चालन हुने पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए । नेपाली नयाँ वर्षलाई स्वागत गर्दै बन्दीपुरमा पर्यटक भित्र्याउने उद्देश्यसहित सडक खाना महोत्सव आयोजना गरिएको प्रधानले बताए।

“कोभिडका कारण विगत केही वर्षदेखि नयाँ वर्षमा कार्यक्रम गर्न सकिएको थिएन, अहिले कोभिड सङ्क्रमण घटेकाले नयाँ वर्षमा साङ्गीतिक कार्यक्रमसहित खाना महोत्सवको आयोजना गरेका हौँ”, उनले भने, “यो कार्यक्रमले बन्दीपुरमा पर्यटक आकर्षित गर्ने विश्वास लिएका छौ ।” रासस



प्रतिक्रिया दिनुहोस !