७ पुस २०८२, सोमबार

स्याङ्जाको आँधिखोला गाउँपालिकामा ८ वटा समूहलाई पञ्चेबाजा वितरण

प्रकाशित मिति :  15 April, 2022 1:14 pm


स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा ८ वटा समूहलाई पञ्चेबाजा वितरण गरेको छ । लोप हुँदै गइरहेको परम्परागत र मौलिक नेपाली पन्चेबाजा संरक्षणका लागि आँधिखोला गाउँपालिकाले पालिकाका ६ वटा वडामा पञ्चेबाजा वितरण गरेको हो ।

पञ्चेबाजा संरक्षणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पञ्चेबाजा बजाउन सक्रिय दलित समुदायलाई पञ्चेबाजाको दुईवटा नरसिंह, दुई वटा सनही, दुईवटा दमाहा, एउटा ढोलकी, एउटा ट्याम्को र एउटा झ्याली वितरण गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिए ।

करीब ८ लाख रुपैयाँ लागतमा खरिद गरिएका बाजा विभिन्न वडामा रहेका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको हो । सिरुवारी बाजा समूह आँधीखोला १, माझकटेरी बाजा समूह आँधीखोला १, उखुवारी बाजा समूह आँधीखोला २, मडुवा नौमति बाजा समूह आधीखोला २, पाख्रीबोट बाजा समूह आँधीखोला ३, पंचासे बाजा समूह आँधीखोला ४, सेपत बाजा समूह आँधीखोला ४, अरिङ्गाले बाजा समूह आँधीखोला ५ गरेर ८ वटा समूहलाई बाजा उपलब्ध गराइएको हो ।



प्रतिक्रिया दिनुहोस !