सुनकोशी गाउँपालिकामा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने
सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने भएको छ ।
गाउँपालिकामा बसेको सात जना वडा सभापतिको संयुक्त बैठकले आउदो स्थानिय तहको चुनावमा गाउँपालिकाले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने निर्णयसहितको औपचारिक पत्र नेपाली कांग्रेसले जिल्ला र प्रदेशस्तरीय गठबन्धन संयन्त्रलाई पठाएको छ।
सुनकोशी ५ का वडा अध्यक्ष अर्जुनविक्रम थापाको सभापतित्वमा बसेको वडा सभापतिहरूको बैठकले सुनकोसी गाउँपालिका तथा पालिका अन्तर्गतको वडा कार्यालय गठबन्धनको पक्षमा नरहेको भन्दै उक्त निर्णय गरेको हो । वडा १ देखि ७ सम्मका वडाध्यक्ष उपस्थित बैठकले कुनै गठबन्धन नगरी पार्टीको एकल उम्मेदवार हुनुपर्ने निर्णय गरेको हुन् ।
“सुनकोसी गा. पा. का सातै वटा वडा सभापतिहरुको छलफल तथा बैठक को निर्णय अनुसार नेपाली कांग्रेस र अन्य दल बीच गठबन्धनका साथै चुनावी अभियानमा जाने कुरा संघ, जिल्ला, क्षेत्र, प्रदेशमा गा.पा. मा गटबन्धन सम्बन्धी छलफल भइरहेकोले यस गा.पा. अन्तरगतका वडा तथा गा.पा. गठबन्धनको पक्षमा नरहेको हाम्रो गा.पा. तथा वडामा कुनै पनि पार्टी सँग गठबन्धन नगरि वडा तथा गा.पा. मा एकल उम्मेदवार हुनुपर्ने कुनै पनि गठबन्धनको पक्षमा नरहेको जानकारी सहित यो निर्णय गरियो,” वडा सभापतिहरूको निर्णयमा भनिएको छ ।
निर्णयमा क्रमशः १ देखि ७ सम्मका वडा सभापतिहरू रामकुमार श्रेष्ठ, विज्जु मोक्तान, विशु सूर्यवंशी, हरि कुमार योञ्जन, अर्जुन विक्रम थापा, होम प्रसाद तिमल्सीना र उत्तम कुमार लामाले हस्ताक्षर गरेका छन् ।








